बर्तामोड । लामो समयदेखि नगरपालिकाले खाली गराउन प्रयास गरेर असफल भएको बिर्तामोडको बुधबारे हटियामा डोजर चलेको छ । त्यहाँ रहेका ब्यवसायीको अवरोधका बाबजुत सोमबार नगरपालिकाले सो स्थान खाली गराएको छ ।
सोमबार बिहान बिर्तामोड नगरपालिकाका जनप्रतिनिधीको भेलाले सो स्थान खाली गराउने निर्णय गरेको थियो । अधिकांस जनप्रतिनिधीको सहमतिमा सोमबार डोजर चलाइएको हो । नगरपालिकाको स्वामित्वमा रहेको १ बिगाहा १ कठ्ठा जमिनमा बहुतले भवन निर्माण गर्ने नगरको लक्ष्य रहेको उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए ।
बिर्तामोड नगरपालिका वडा नम्बर–५ सो जमिनमा घर टहरा खाली गर्न नगरपालिकाले पटक पटक सुचना जारी गरेपनि ब्यापारीले अटेर गरेपछि नगरपालिकाले सोमबार डोजर लगाएर खाली गराएको हो । नगरपालिकाले हटिया खाली गराउन पटक पटक सार्वजनिक सुचना जारी गरेको थियो । अन्तिमपटक शुक्रबार साँझ नगरपालिकाले माइकिङ गरेर २४ घण्टाभित्र घर टहरा र सामान हटाउन भनेको थियो । सोमबार बाक्लो संख्यामा सशस्त्र, जनपथ र नगर प्रहरीको उपस्थितिमा हटियामा पालिकाले डोजर चलाएको छ । केहिबेर ब्यवसायी बिरोधमा उत्रिएपनि डोजर सामु उनीहरुको निरीह बनेका थिए ।
शहरी बिकास कोषको ९० प्रतिशत लगानीमा त्यस स्थानमा १ अर्ब लागतको पार्किङसहितको बहुतले ब्यापारिक भवन बनाउने नगरपालिकाको योजना रहेको उपप्रमुख संग्रौलाले बताए । त्यसका लागि शहरी बिकास कोषले सहमति पनि दिइसकेको उनको भनाई छ । लगानी सुनिश्चित भएका कारण जसरीपनि त्यस स्थान खाली गराउन नगर अघि सरेको हो । अब सो स्थानको डिपिआर निर्माण गरेर ठेक्का सम्झौता गरिने संग्रौलाले जानकारी दिए ।
नगरपालिकाले राजनीतिक दलहरुबीच छलफल गरेर ठाउँ खाली गराउन सहमत बनाएको थियो । तर नगरपालिकामा प्रतिनिधित्व नगरेकाृ दलहरुभने सहमतिको बिरोध गर्दै ठाउँ नछोड्न ब्यवसायीलाई उकास्दै आएका थिए । उद्योग वाणिज्य संघ र केही दलको उक्साहटका कारण लाखौ मुल्यको समानमाथी डोजर चलेर नष्ट भएको छ । करीब ३० वटा टहरा भत्काउन १० वटा जेसीवीलाई लगभग ५ घण्टा लागेको थियो ।
आक्रोशित ब्यापारीले एउटा जेसीबीको सिसा फुटाइदिएका थिए । टहरामा डोजर चलाउन शुरु गरेपछि भने ब्यापारीले आफ्ना सामान निकाल्न शुरु गरेका थिए । आक्रोशित ब्यापारीले नगरपालिका बिरुद्ध नाराबाजीसमेत गरेका थिए । यतिबेला ब्यवसायीले सडक किनारामा सामान असरल्ल राखेका छन् । प्रहरीले कृषिथोक रोडमा सवारी साधन प्रवेश निषेध गरेको छ ।
सो क्षेत्रमा रहेका करिब दुई सय व्यापारी मध्ये ७० ब्यापारीले मात्र अनुमति लिएर व्यापार गर्दै आएको पालिकाले जनाएको छ । टहरा हटाएर पालिकाले बहुतले कम्प्लेक्स बनाउने योजना बनाएको छ । नगर विकास कोषले लगानीको ९० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।