विजयपुर । धरानका नगरप्रमुख हर्कराज राईको खानेपानी अभियानमा सहभागी भएका व्यक्तिहरूको लापरबाहीले घर जलेको पीडितले जनाएको छ ।

वराहक्षेत्र–१ चावाचाका स्थानीय मोहन दाहालको घरमा आगलागी भएको दाहालकी बुहारी गङ्गा कार्कीले जानकारी दिइन् । उनका अनुसार कोकाहा खानेपानी अभियानका कार्यकर्ताले खाना पकाएर आगो ननिभाई हिँडेपछि आगलागी भएको हो । 

घरमा आगलागी भई काठपात जलेर नष्ट हुँदा ५ लाख रुपैयाँ बराबारको क्षति भएको उनले फोनसम्पर्कमा बताइन् । उनले बर्खामा गाईवस्तु, बाख्रा लाने र बस्ने घर रहेको उनले बताइन् । 

उनले भनिन्, ‘पिठ्यँुमा सामान बोकेर बनाएको हो ।’  त्यतिकै बनाइदिन माग गरेका छौँ । कामदारहरूले क्षतिपूर्ति दिने भनेका छन् ।’ बिहीबार  दिउँसो स्थानीय मोहन दाहालको काठ र सिमेन्टले बनेको घर जलेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए ।