धनकुटा । धनकुटाको जिरोपोइन्ट नजिकै मंगलबार विहान ९.३० बजे मोटर साईकल दुर्घटनामा परि स्थानिय ७७ वर्षीया सतन राई गम्भिर घाईते भएका छन् ।
उनलाई धनकुटाको जिरोपोइन्टबाट पात्लेखोला तर्फ जाँदै गरेको को. १३ प.४७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा धनपा–६ फोक्ल्याण्ड टापु टोलमा घर भएका बृद्ध राई गम्भिर घाईते भएका हुन् । उनको टाउको दाहिने भागमा गम्भिर चोट लागेको छ । बायाँ हात, छाति, ढाड लगायतमा देखिएपछि थप उपचारको लागि जिल्ला अस्पताल धनकुटाले विराटनर्सिङ्ग होम विराटनगर रेफर गरेको छ ।
मोटर साईकल चालक र मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आफ्नै घर अगाडी बाटो क्रस गरिरहेका ७७ वर्षिया बृद्धलाई तिब्र गतिमा आएको मोटर साईकलले सडकको विच मागमा ठक्कर दिएर करिब १० मिटर टाढासम्म सोरेर लगेको थियो । घाईते राईका छोरा मनोज राईले बुबाको थप उपचारको लागि जिल्ला अस्पतालले रेफर गरेकाले विराट नर्सिङ्गहोम लगिएको ब्लाष्टलाई बताएका छन् । उनले आफ्नो बृद्ध बुबा गम्भिर दुर्घटनामा परेको बताएका छन् ।