देउराली । नगर प्रमुखले बराह पीडितको आन्दोलनलाई राजनीतिक रङ्ग दिएर मुख्य मुद्दा ओझेलमा पार्न खोजेको भन्दै बराह सहकारी पीडित सङ्घर्ष समितिले एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा साउन १५ गते उपमहानगरपालिकामा भएको छानबिन समितिको बैठकका क्रममा नगर प्रमुख हर्कराज राई ९ साम्पाङ ० ले बचतकर्ताहरूको भावनाको अवमूल्यन हुने गरी अभिव्यक्ति दिएपछि आक्रोशित भएका पीडितहरूलाई सम्बोधन गरेर स्थितिलाई सामान्य बनाउनु पर्नेमा त्यसो नगरेको बताइएको छ ।
समितिका प्रवक्ता प्रदिप बास्तोला, सचिव अञ्जना राई र सह– संयोजक कमल राईको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पीडितका रकम फिर्ता नभएसम्मका लागि गठन भएको समिति भएकाले पीडित स्वतः स्फूर्त रूपमा आएको भएको सङ्घर्षलाई दिग्भ्रमित पारिएको उल्लेख गरिएको छ । सङ्घर्ष समितिको तर्फबाट कुनै प्रकारको घेराउ र आन्दोलन गर्ने निर्णय नभएको भन्दै सङ्घर्ष समितिका संयोजक र प्रवक्तालाई जाहेरी दिएर मुख्य विषयलाई अन्यत्र मोडेर बचतकर्ताको रकम नउठाउन क्रियाकलाप भएको देखिएकोले पीडितहरू चनाखो भएर अन्तिमसम्म एकजुट भई न्यायको लागि लड्न अनुरोध समेत विज्ञप्तिमा गरिएको छ ।
५ महिना देखी आन्दोलित पीडितहरू न्यायका लागि कानुनी प्रक्रिया अगाडी बढाउन उपमहानगरपालिका गएकोमा उपमहानगरपालिकाले राष्ट्रिय सहकारी विभाग पठाएको र त्यस कार्यालयले पुनः सहकारीको नियमन निरीक्षण र बचतकर्ताहरूको रकम असुली गर्नका लागि रोक्काको अधिकार उपमहानगरपालिका नै हो भनेर पत्र समेत पठाएको विज्ञप्तिमा भनिएको छ ।

त्यही पत्र बमोजिम उपमहानगरपालिकाले साउन ८ गते छानबिन समिति गठन गर्ने निर्णय गरी प्रदेश सहकारी विभागलाई नगरले पत्र पठाउने भनिएता पनि ५ दिन पछि प्रदेश रजिष्टारले उपमहानगरबाट कुनै पत्र नआएको जानकारी गराएको उल्लेख गरिए विज्ञप्तिमा सङ्घर्ष समितिले नै पत्र दिएपछि मात्र उक्त कार्यलालबाट साउन १५ गतेको बैठकमा कर्मचारी आएको विज्ञप्तिमा बताइएको छ ।
छानबिन समितिको बैठकमा सङ्घर्ष समितिका प्रतिनिधिहरूलाई नगर प्रमुख साम्पाङले ू हामीलाई सोधेर पैसा राखेको हो रुू भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ रहेका पीडितहरू आक्रोशित बनेका थिए । आक्रोशित पीडितहरूले साम्पाङ विरुद्ध नाराबाजी गर्नुका साथै मेयर कक्षको झ्यालको सिसा समेत फोडेका थिए । स्थित असामान्य हुँदा प्रहरी र सङ्घर्ष समिति बिच घम्साघम्सी समेत भएको थियो । घटनामा सङ्घर्ष समितिका संयोजक घाइते भएका थिए ।
उक्त घटनालाई लिएर नगरप्रमुख साम्पाङले संयोजक खगेन्द्र नेपालीसहित ५ जनाको नाममा जाहेरी दिएको प्रहरीले जनाएको छ । त्यस्तै सङ्घर्ष समिति राजनीतिक दलले उचालेको भन्ने आशयको अभिव्यक्ति पनि दिएका छन् ।
समितिका संयोजक खगेन्द्र नेपालीले एक विज्ञप्ति जारी गरी जीउधनको सुरक्षाको माग गरेका छन् ।