बिर्तामोड । वन पैदावर ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी झापा प्रहरीले पक्राउ गरेको छ । २०६७ सालमा अदालतबाट भएको फैसला कार्यान्वयनका लागि अर्जुनधाराका गजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतले राईमाथी १ बर्ष कैद सजाय र २९ हजार ६०० जरिवाना असुल गर्न फैसला गरेको थियो । राईले जरिवाना तिरेको तथा ९ दिन न्यायिक हिरासतमा बसिसकेको प्रहरीले जनाएको छ ।
बाँकी कैद सजाय भुक्तान गर्नका लागि उनलाई कारागार पठाइएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।