फागुन १७ गते धरान १८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजको कोठा भित्र मृत फेला परेकी मिक्लाजुङ गाउँपालिका १ पाँचथर घर भई हाल इटहरी ५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङको हत्यामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका ६ का २४ वर्षीय जिवन उपनाम रहेका विनेश राना रहेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मगरले होटलको कोठा नम्बर १०९ मा २ दिन देखीसँगै बस्दै आएकी तामाङ हत्या गरी फरार भएका थिए । फरार भएका मगरलाई पाख्रीवास नगरपालिका ११ बाट पक्राउ गरेको कार्यालयले जनाएको छ ।
मगरले इटहरीमा सिटी सफारी चलाउँदा सुमित्रासँग परिचय भएको र पछि प्रेम सम्बन्ध समेत रहेको भए पनि पछिल्लो समय मगर भोजपुरमा बस्न थालेपछि सम्बन्ध बिग्रिएको बताइएको छ । विवाहित राईले सम्बन्ध बिग्रिएपछि हत्या गर्नुपरेको बयान दिएको कार्यालयले जनाएको छ ।