धरान । विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी छन् ।
मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् ।
केसी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन् भने धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको अध्यक्ष समेत रहेको उनलाई चिन्नेहरू बताउँछन् । त्यस्तै आसरा सुधार केन्द्रकी सदस्य पनि हुन् ।
धरानका समाजसेवी महेश्वर राईकी पत्नी हुन् । प्रहरीका अनुसार घटनास्थल छानबिन गरिरहेको जनाएको छ ।