सुनसरी/ सुनसरीको धरान उप महानगरपालिका-५ स्थितबाट निषेधित लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २६ बर्षीय चेतन मगर रहेका छन् ।
शनिबार राती पौने १० बजे बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा नियन्त्रित औषधि Tramadol-४९५ क्याप्सुल, Tramol-२६१० क्याप्सुल, Spaspain-१९१४ ट्याब्लेट र Decolic-२३१५ ट्याब्लेट र को.२१ प ४७४६ नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरेको हो ।
नियन्त्रित औषधिसहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।