धरानकाे एक हाेटलकाे कोठामा मृत फेलापरेकी महिलाको पछिचान खुलेको छ । 

मंगलबार बिहान न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नम्बर १०९ मा मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  मृतक महिला  इटहरी ५ मा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ रहेको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार मृतक महिलाका आफन्तले उनकाे पहिचान गरेकाे हो । 

पाँचथरको मिक्लाजुङ गाउँपालिका १  स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको  इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् । 

उनका अनुसार मृतक महिलासँगै उक्त हाेटलमा बस्ने पुरुषको पहिचान गर्ने कार्य पनि भइरहेको छ ।  मृतक महिलाको एक छोरा र छोरी रहेको खुलेको छ ।