धरानमा एक हाेटलकाे कोठा भित्र महिलाको शव फेला परेको छ ।
उपमहानगरपालिका १८ बुद्ध चोक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नम्बर १०९ मा मंगलबार बिहान एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार २ दिन देखी एक पुरुष र ती महिला बस्दै आएको उक्त कोठामा कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको अनुहारमा देखिएको छ । महिलासँगै बसेका पुरुष भने फरार रहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको सनाखत हुन नसकेकाे पनि उनको साथबाट पाँचथर मिक्लाजुङ ठेगाना उल्लेख भएको सुमित्रा तामाङ नामको नागरिकता फेला परेसँगै सोही आधारमा सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको कार्यालयले जनाएको छ ।