बिर्तामोड । झापा प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगरबाट एकजनालाई पक्राउ गरेको हो ।
इलामको माइजोगमाई–१ बस्ने जोसेफ थापालाई प्रहरीले पक्राउ गरेको हो ।उनको साथबाट ९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
थापालाई प्रहरीले म्याद थप गरी अनुसंधान शुरु गरेको जनाएको छ । भारतबाट ब्राउनसुगर लिएर नेपाल आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।