विराटनगरमा भारतीय नक्कली नाेटसहित  ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा  भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेकाे इलाका प्रहरी कार्यालय रानीले जनाएकाे छ । 

आज बिहान साढे १० बजे बिराटनगर १३ नहर चोक स्थितमा सिआरभि जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतिय नक्कली नोट बरामद भएको कार्यालयले जनाएकाे छ ।

 नक्कली नोटसहित पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।