धादिङकाे गजुरी गाउँपालिका १ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ गर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षीय मान बहादुर तामाङ रहेकाे ईलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ । 

कार्यालयका अनुसार आइतबार राति गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना ८ ख ८४२९ नम्बरको ट्रकलाई  कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाएर ल्याउदै गररेकाे अवस्थामा उक्त खपेटा बरामद गरेकाे थियाे ।

बरामद खपेटासहित पक्राउ परेका ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुर माथी थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।