भद्रपुर/ प्रतिबन्धित ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कचनकवल गाउँपालिका–५ बाट बिर्तामोड नगरपालिका–२ का २८ बर्षीय सरोज भट्टराई र सोही पालिका–९ का २० बर्षीय विशाल बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार राती ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त गस्ती टोलीले सङ्का लागि प्रदेश १–०१–०१३ प ७९७४ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउन सुगर ५ ग्राम बरामद भएको जिल्लाका डिएसपी वसन्त पाठकले बताए ।
पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको उनले जनाए ।