इटहरीमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकालाई सेटिङ्गमा थुना मुक्त गरिदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी १२ का मन्दु भन्ने जसबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार खनार बस्ने तारा कार्की पुरीलाई न्यायधिस र प्रहरीसँग राम्रो सम्बन्ध रहेको भन्दै तेह्रथुम कारागारमा थुनामा रहेका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई थुना मुक्त गरी दिने भन्दै भरत चौधरी र लिम्बुले ३३ लाख ठगी गरी फरार भएका थिए ।
फरार भएका मध्ये फागुन ३ गते पक्राउ परेका लिम्बुलाई सोही दिन सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।