प्रतिबन्धित लागु औषध सहित १ जनालाई प्रहरीले धरान ५ का एक युवकलाई पक्राउ गरेेकाे छ । पक्राउ पर्नेमा धरान ५ का २८ बर्षीय सुवास राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जननाएकाे छ ।

कार्यालयका अनुसार शुक्रबार राती  ११ बजे  लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले टोलीले राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन ७४२ ट्यावलेट, ट्रमाडोल ७१४ क्यापसुल र टापेन ४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको हो । 

निषेधित औषधी सहित पक्राउ परेका राईमाथी थप अनुसन्नधाान भइरहेकाे  कार्यालले जनाएकाे छ ।