धरानमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  धरान १६ का २४ बर्षीय प्रबिण भुजेल रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

कार्यालयका अनुसार  हिजो बेलुकी साढे ५ बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । 

 ब्राउन सुगरसहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।