धरानमा प्रहरीले लागु औषधसहित ४ जनाईइ पक्राउ गरेकाे छ ।
बिहिबार इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपमहानगरपालिकाकाे १४ नम्बर वडा लागुऔषधसहित साेहि वडाका ३४ बर्षीय रमेश परियार, धारान १० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका ६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारीलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।
कार्यालयका अनुसार पक्राउ परेका उनिहरूकाे साथबाट प्रहरीले १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेकाे थियाे ।
पक्राउ परेका चारै जनाकाे सम्वन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।