विराटनगर । खोटाङ घर भइ मोरङको सुन्दरहरैचा नगरपालिकामा बस्दै आएकी ३१ वर्षिय महिला माथि भएको सामूहिक बलत्कारको घटनामा थप एक जना आरोपी पक्राउ परेका छन् ।
बलत्कार आरोपमा प्रहरीले झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दर्जी पीडित भनिएका महिलाको पहिलादेखि सम्र्पक रहेको बुझिएको छ । सो घटनामा उनी पनि संलग्न भएको देखिएपछि प्रहरीले घटना भएको पाँच दिनपछि बिहीबार पक्राउ गरेको हो ।
यसअघि प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठलाई मोरङ जिल्ला अदालतमा जवरजस्ती करणाी मुद्दामा म्याद थप गरि अनुस्न्धान गर्दै आएको छ । सामूहिक बलत्कारको घटना इलका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गर्दै आएको छ ।
शुक्रबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै गरी महिलालाई तीन जनाले सुन्दरहरैचा ४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्याएर सामूहिक बलत्कार गरेको आरोप छ । उक्त होटल पक्राउ परेका आरोपी अर्जुनको हो ।
होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । केही दिनदेखि बहनीकोमा उनीहरु बस्दै आएका थिए । बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु्र्याएको पाइएका थिए ।
विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पुर्याएका थिए । बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरेको खुलेको छ ।
‘होटलमा मलाइ पुर्याएपछि बाहिरबाट गेट र ढोका बन्द गरे । सुरूमा अर्जुनले गरेर गएपछि उसको भाइ सुरज आयो । दुवै जनाले गरेपछि अर्को नाम थाहा नभएको लामो कमाल हुने आएर जवरजस्ती गरेर गयो । मैले प्रतिकार गर्न खोज्दा त्यसबेलामा म माथि आक्रमण गरेपछि त्यसपछि बेहोस भएछु,’ ती महिलाले बताएकी छिन् । अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था कोशी अस्पतालमा उपचारपछि अहिले अवस्थमा सामान्य रहेको छ ।