विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । ३०– ४० वर्षीय देखिने दुई जना पुरुषको शव बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्था शव भेटिएको हो ।

फेला परेको शव एक जना ४० वर्ष देखिने पुरुषको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ ।  सुनसरीको धरान  घर भएको कागजपत्र फेला परेको ती पुरुष पहाडी मूलका रहेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाढेको अवस्था शव फेला परेको छ ।

2

शव फेला परेको  उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ । बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाढेको अवस्था शव भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए । 

3

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा  पुरुषको शव भेटिएको थियो ।

4

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्निफिङ गराइएको छ ।

5

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बिचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।

6

गहन अनुसन्धान गर्न स्थानीयको माग 

यहाँका स्थानीयले हत्या गरेर शव लुकाउन उखुबारीमा ल्याएर गाढेको हुनसक्ने भएकोले घटनाको गहन रूपमा अनुसन्धान गरिनुपर्ने स्थानीयले माग राखेका छन् । धनपालथान गाउँपालिका ७ का वडाध्यक्ष हरी प्रसाद यादवले दुई जना पुरुषको शव उखुबारीमा गाढेको अवस्थामा फेला परेकोले हत्या भएको हुनसक्ने भएकोले गहन अनुसन्धान गरिनुपर्ने बताए । ‘शवको प्रकृति हेर्दा हत्या गरेर शव लुकाउन उखु बारी प्रयोग गरिएको देखिएको छ,’ उनले भने, ‘यस घटनामा प्रहरी प्रशासनले गहन रूपमा अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनुपर्दछ ।’