धरान । मोरङको कटहरी गाउँपालिका–३ का २८ वर्षीय झप्पु भनिने अशोक ऋषिदेवको हत्या गरी फरार रहेको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माघ ८ गते साढे ७ बजेतिर हत्या गरी फरार भएका सोही ठाउँका ३८ वर्षीया शेखर राजवंशीलाई पक्राउ गरिएको हो । उनलाई माघ ९ गते पक्राउ गरी जिल्ला अदालत मोरङबाट ज्यानसम्बन्धी कसूरमा पाँच दिन म्या थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी मन्जिल गुरुङले जानकारी दिए । दुवैबीच झैझगडा भई कुटपिट हुँदा ऋषिदेवको मृत्यु भएको थियो । झगडाको विषय भने प्रहरीले खुलाएको छैन ।