सप्तरीमा स्रोत नखुलेको रकमसहित  २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपाल आउँदै गरेको  प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार नगदसहित डाक्नेश्वरी नगरपालिका ५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका १२ बस्ने २४ वर्षीय दिलीप मण्डललाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल सहित नियन्त्रणमा लिइएका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।