गयराति  भोजपुरको षडानन्द गाउँपालिकाका एक वृद्ध दाम्पत्ति माथि धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा  गाउँपालिकाको १० नम्बर वडा स्थित  साम्पाङका ७० वर्षीय गोपीलाल राई र  उनकी  ६५ वर्षीया  श्रीमति कौशिला राई  रहेको दिङ्लास्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीराज थापाले जानकारी दिएका छन् ।

उनका अनुसार नातामा भतिजो नितेश भनिने लोकबहादुर राईले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।  हतियार प्रहार हुँदा घाइते भएका वृद्ध दाम्पत्तिकाे उपचारकाका लागी  राति नै विराटनगरस्थित विराट नर्सिङ होममा ल्याइएको थापाले जनाएका छन् ।

हतियार प्रहार गर्ने  नितेशलाइ नियन्त्रणमा लिइएको र जाहेरी आएपछि अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडी बढाइने थापाले बताएका छन् ।