खल्ती एप्सको नक्कली कर्मचारीहु  भन्दै ठगरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 


पक्राउ पर्नेहरूमा पर्सा छिपहरमाई गाउँपालिका-२ का १८ बर्षीय  निरञ्जन कुमार गुप्ता र करण यादव रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । कार्यालयका अनुसार उनिहरूले पीडितहरुलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको बताउदै, तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड आउँछ, उक्त ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी बिश्वासमा पारी  पीडितकै खल्ती आईडी खोली विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट निकाल्ने गरेका थिए । 

घटनाकाे जानकारी पाएसंगै महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ गरेको हो । 

पक्राउ परेका  उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।