मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका ७ का २० बर्षीय संग्राम राई रहेकाे ईलाका प्रहरी कार्यालय रानीले जनाएकाे छ ।
हिजो दिउसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राई माथी थप अनुसन्धान भईरहेको कार्यालयले छ ।