पार्किङ्ग गरिराखेकाे माेटरसाइकल चाेरी गरेकाे अभियाेगमा  प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुहवी नगरपालिका ५ बस्ने २० वर्षीय मनिष परियार रहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । 

कार्यालयका अनुसार परियारले पुस १४ गते  विराटनगर महानगरपालिका ७ मा पार्किङ गरी राखेको को२८ प ६५४९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । साेमबार पक्राउ गरीएका उनलाई माेरङ अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।