भद्रपुर । झापाको कचनकवल गाउँपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् ।

गाउँपालिकाको फुटागञ्ज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित मानिस पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले कचनकवल गाउँपालिका–७ का २४ बर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित मङ्गलबार बेलुका पक्राउ गरेको जिल्लाका डिएसपी वसन्त पाठकले जनाए । 

लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।