बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेकाे महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले जनाएकाे छ ।
कार्यालयका अनुसार बूढानीलकण्ठ नगरपालिका २ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने सुचनाका अाधारमा भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ परेका उनिमाथी थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।