१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा  रुपन्देही सियारी गाउँपालिका ६ बस्ने ३८ वर्षीय अन्तराम थारु रहेकाे  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।  कार्यालयका अनुसार ल्पा रैनादेविछहरा गाउँपालिका ८ गल्दामा आइतबार दिउँसो ती किशोरीलाई  अन्तरामले जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा उनलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको  हाे । 

पक्राउ परेकाे उनिमाथी थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।