झापाको मेचिनगर नगरपालिकामा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २६ का लावन हाङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कार्यालयका अनुसार आइतबार अपरान्ह ४ बजे मेचिनगर ६ बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकभिट्टा र लागुऔषध निरिक्षण व्युरो काँकडभिट्टाको टोलीले गरेको संयुक्त चेकजाँचको क्रमका राईको साथबाट प्रहरीले ४४ ग्राम ब्राउनसुगर बरामद गरेको कार्यालयले जनाएको छ । 

प्रकाउपरेका राईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा लई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।