भद्रपुर । झापामा मोटरसाइकल दुर्घटना परी तीनजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा चितवन राप्ती–४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुँइखोला– ३ का १९ वर्षीय अनिल लामगादे र खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक नगरपालिका –२ स्थित भाङबारीमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।