विराटनगर/मोरङको कटहरी गाउँपालिका(३ मा रहेको अजय मेडिकोका संचालक तथा फर्मासिस्ट सकलदेव कामत कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा मोरङ कटहरी गाउँपालिका(३ का २६ वर्षीय रामकुमार कामतलाई मोरङ प्रहरीले सोमबार राति पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबा अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका कामतले स्वास्थ्यकर्मी कामतलाई विराटनगरबाट घर गइरहेका बेला करिब दुइ महिना अगाडि कुटपिट गरेका थिए । पक्राउ परेका कामतसहित पाँच जनाको समूहले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोप छ । कुटपिट गरेपछि उनी फरार थिए । फरार भएका कामतलाई घरदेखि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विराटनगरबाट को ३५ प ३०५५ नम्बरको मोटसाइकलमा कटहरी घर फर्किदै थिए । बाटो छेकेर राम कामतसहितका पाँच जनाको समूहले पाइप र मुक्काले निर्घात कुटपिट गरेर फरार भएका थिए । फर्मासिस्ट कामतलाई २३ कार्तिकमा राति आठ बजेको समयमा कुटपिट गरेको पीडितको भनाइ छ ।
कुटपिटबाट कामतको अनुहारलगायतको विभिन्न भागमा चोटपटक लागेको थियो । आक्रमण गर्ने राम कामतसहित युवाको समूह केही दिन अगाडि अजय मेडिकोमा ‘कपसिरफ’ माग्न आएका थिए । कपसिरफ नदिदा पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको पीडितको भनाइ छ ।