विराटनगर । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ बस्ने वर्ष २१ का पारस कालिकोटेलाई एटिएम तोडफोड गरेको आरोपमा पक्राउ गरेको हो ।
शनिबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । घटनास्थलमा परिचालित प्रहरी टोलीले कालिकोटेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कालिकोटेको भने जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको जनाईएको मोरङ प्रहरीले जनाएको छ ।