धरान । जबर्जस्ती करणी गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–१२ प्रतिभा टोलका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गणेश खत्री भनिने जयबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनले पुस ५ गते सोही ठाउँकी २५ वर्षीया एक महिलालाई जबर्जस्ती करण गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिप्रका उदयपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मोहन थापाले जानकारी दिए । उनका अनुसार जाहेरी परेलगत्तै खत्रीलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्या थप गरी अनुसन्धान भइरहेको छ ।