हतियार देखाएका गहन लुट्ना खाेज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका १ का २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका १४ का ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका ९ बस्ने २० वर्षीय संजय गुरुङ रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।
कार्यालयका अनुसार नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका १६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका उनिलाई १ थान पेस्तोल र ४ राउण्ड गोलीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ परेका उनिहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ हातहतियार तथा खरखजना सम्बन्धि कसुर र परिष्छेद २० को चोरी तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ।