संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ३ मा श्रीमानद्वारा श्रीमतीको निर्मम हत्या भएको छ ।
बर्ष ३३ को दिपन राईले २७ बर्षिया विष्णुमाया लिम्बुलाई कुटपिट गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकको शरिरको विभिन्न भागमा निल डाम रहेको, स्तन र टाउकोमा भने गहिरो चोट रहेको वडाध्यक्ष शुक्रराज राईले बताए ।
आइतबार राती ८ बजेतिर ह्याम्मर र अगुल्ठो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको हो । उनलाई निर्मम हत्यापछि ओछ्यानमा लगेर सुताएको अवस्थामा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए ।
मृतकको सिरानीमा ह्याम्मर भेटिएको र दागको प्रकृति हेर्दा ह्याम्मरसहित अन्य हतियार प्रयोग भएको बुभिएको छ । शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने श्रीमान् दिपन प्रहरीको नियन्त्रणमा रहेको छ ।