संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. १ मा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।
सभापोखरी २ का १० बर्षिय बालक मिसन राईको ट्याक्टरले किचेर घटना स्थलमा नै मृत्यु भएको हो । आफन्तकोमा रहेको उनलाई ढुंगा बोकेर जाँदै रहेको ट्रयाक्टरले किच्दा उनको मृत्यु भएको स्थानीय कृष्ण राईले जानकारी दिए ।
केहि समय अघि (आइतबार) साँझ साँढे ५ बजे उनलाई प्रदेश १–०२–००३ त १२२९ नं. को ट्याक्टरले किचेको हो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पताल खाँदबारी लगिएकाे जनाएकाे छ ।