आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङजा जिल्लाको भिरकोट नगरपालिका ६ फोक्सिङ का ५० वर्षीय डबलबहादुर थापा रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । कार्यालयका अनुसार थापाले आफ्नी ४५ वर्षीया कोपीलालाई कुटपिट गरी गम्भिर घाइते बनाएको भन्ने खबर पाएसंगै प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
श्रीमतीको मृत्यु भएसंगै घटनामा संलग्न श्रीमानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरी उनिमाथी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।