–मुटुसम्बन्धी रोगहरू धेरै किसिमका हुन्छन् । मुटुको रगतको नसासम्बन्धी रोग जसलाई हामी हार्ट अट्याक भनेर बुझ्छौं, मुटुको चालसम्बन्धी गडबढी, मुटुभित्रको भल्वसम्बन्धी, मुटुको मासु कमजोर हुने र मुटु फेल हुने, जन्मजात हुने रोगहरू हुन्छन् ।

हामी आज मुटुको रगतको नसा ब्लक भई हुने रोग अथवा हार्ट अट्याकको बारेमा कुरा गर्न गहिरहेछौं । यो कसरी हुन्छ र यसका लक्षणहरू कस्ता कस्ता हुन्छन्, यसको कसरी उपचार गर्ने र कसरी जोगिन सकिन्छ त ?

हार्ट अटयक  अथवा हृदयाघात सुन्ने बित्तिकै नडराउने कमै भेटिएलान् । यो रोग लाग्दा मुटुको रगतको नली साँघुरिन गई १००% ब्लक हुनेगर्छ । त्यतिबेला बिरामीलाई एकदमै जोडले छाती दुख्ने गर्दछ । खलखली पसिना आउने हुन्छ ।

यदि कसैलाई एक्कासि यस्तोखालको समस्या भएमा तुरुन्त नजिकैको अस्पताल लैजानु उत्तम हुन्छ । अस्पतालका डाक्टरहरूले रोगको पहिचान गरी हृदयाघात भए नभएको पत्ता लगाउँछन् । यदि हृदयाघात भएको पुष्टि भएमा तुरुन्तै बन्द रगतको नसा खोल्नु पर्दछ । यस्तो प्रकारको उपचार विधिलाई प्राइमरी Angioplasty भनिन्छ ।

यो तालिमप्राप्त डाक्टरहरूले विना चिरफार रगतको नसाको माध्यमबाट Balloon छिराएर गरिने पद्दति हो । Angioplasty को अर्को राम्रो पक्ष के हो भने हृदयाघात हुनुभन्दा अघि शङ्कास्पद बिरामीको Angiography गरी हेर्ने र यदि क्रिटिकल अवस्थामा छ भने बेलैमा Angioplasty गरी हृदयाघात हुनबाट जोगाउन सकिन्छ ।

यसै सम्बन्धी विश्वकै उत्कृष्ट मुटु अस्पताल सिङ्गापुरबाट अध्ययन गरी आएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव विष्टले विराट मेडिकल टिचिङ अस्पतालमा बिरामीहरूको बन्द नसा खोली मुटु जोगाउने काम गर्दै आएका छन् ।

यो रोग साधारणतया अलि उमेर बढी भएकाहरूलाई लाग्ने गर्दछ । तर, हिजोआज कम उमेरकाहरूलाई पनि देखिन थालेको छ । यसको प्रमुख कारण चुरोट तथा सुर्तीजन्य पदार्थ तथा अन्य लागूऔषधको सेवन नै हो । सुगरका बिरामी, किड्नीका बिरामी, कोलेस्टेरोल बढेका बिरामी र थाइराइडका बिरामीहरूलाई अरुभन्दा बढी हुने गर्दछ ।

हामीले  कृत्रिम कुरा वस्तुहरूको सेवन (बोतल र  प्याकेटका) बन्द गरी अग्र्यानिक खाने बानी बसाल्ने र रेगुलर Exercise गर्न सक्यौं भने पनि हार्ट अट्याकजस्तो खतरनाक रोगबाट आफूलाई जोगाउन सकिन्छ । यो रोग साधारणतया अलि उमेर बढी भएकाहरूलाई लाग्ने गर्दछ तर, हिजोआज कम उमेरकाहरूमा पनि देखिन थालेको छ ।

यसको प्रमुख कारण चुरोट तथा सुर्तीजन्य पदार्थ तथा अन्य लागूऔषधको सेवन नै हो । सुगर (मधुमेह) का बिरामी, किड्नीका बिरामी, कोलेस्टेरोल बढेका बिरामी र थाइराइडका बिरामीहरूलाई अरुभन्दा बढी हुने गर्दछ ।

हामीले कृत्रिम वस्तुहरूको सेवन अर्थात् बोतल र प्याकेटका खानेकुरा खान बन्द गरी अग्र्यानिक खाने बानी बसाल्ने र नियमित व्यायाम गर्नसके हार्ट अट्याकजस्तो खतरनाक रोगबाट आफूलाई जोगाउन सकिन्छ ।
(लेखकः विराट मेडिकल टिचिङ हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।)