विजयपुर । स्पार्क फाइभ अस्पताल धरानले सातौँ साधारणसभाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार धरान–१ स्थित अस्पतालमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा १ सय ४० जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालकी व्यवस्थापक मिला बस्नेतले जानकारी दिइन् ।

शिविरमा हाडजोर्नी, नसा र प्यारालाइसिससम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा स्पार्क हेल्थ होम काठमाडौंका हाडजोर्नी विशेषज्ञ डा. अरुणकुमार महतो र स्पार्क फाइभ अस्पतालका फिजियोथेरापिस्ट डा. प्रविर श्रेष्ठले परीक्षण गरेका थिए ।

शिविरमा परीक्षण गराउनेलाई निःशुल्क औषधि पनि उपलब्ध गराएको व्यवस्थापक बस्नेतले जानकारी दिइन् ।

sparkkka