सुनसरीको  बिभिन्न पालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोग र सामुदायिक समाज विकास उत्थान केन्द्र ९(सिएसडिसी) को आयोजनामा बुधबार  स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।  

कोरोना महामारी कारणले स्वास्थ्य सामाग्रीको अभाव भएको र स्वास्थ्य सेवा लिनबाट बन्चित  भएको अवस्थामा  बेड , माट्रेस् , सर्जिकल माक्स, एन९५ माक्स , पन्जा, सेनिट्राइजर , फेस  सिल्ड, सर्जिकल क्याप , फुल पिपिइ सेट,गाउन आउटर सेट  ,  हेभी डिउटी ग्लब्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयाेजक भुपेन्द्र निरौलाले जानकारी जिएका छन् ।

स्वास्थ सामग्री सुनसरी जिल्लाकाे  बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, गढि गाउँपालिका र बर्जु  गाउँपालिकामा एकै दिन बितरण गरिएकाे थियाे । चारै वटा पालिकामा गरि  १९ लाख बराबरको स्वास्थ सामाग्री वितरण गरेको निराैलाले जनाएका छन् ।