साेमबार देखी देशैभर भेराेसेल खाेप लाउने कार्यक्रम संञ्चालन भएकाे छ । चिनबाट खरिद गरिएकाे खाेप नेपाल अाइपुगेपछी खाेपकार्यक्रम संञ्चालन गरिएकाे हाे । 
आजबाट असोज १४ गतेसम्म सञ्चालन हुने खाेप कार्यक्रमकाे लागी चीनसँग खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ल्याउन बाँकी ४० लाख मात्रा खोप शुक्रबार काठमाडौं आइपुगेपछि स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप उपलब्ध गराइनेछ । काभ्रे र चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिको खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइने गरी कार्यक्रम तय गरिएको छ ।
यसअघि पहिलो मात्रा कोभिसिल्ड र एस्ट्राजेनेका खोप लगाएका नागरिकले यो खोप लगाउन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।