धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिन देखी सामान्य रूघा खाेकीले देखिए पछि बिहिबार गरेकाे पिसिआर परीक्षणमा संक्रमण देखिएकाे प्रेस संयोजक पारस राईले जनाएका छन् । पारसका अनुसार सामान्य स्वास्थ अवस्था रहेका नगरप्रमुख राई होम आइसोलेसनमा रहेको रहेका छन् ।
बिहिबार भएकाे कार्यपालिका बैठकमा सहभागी भएका नगरप्रमुखमा संक्रमण पुष्टि भएसंगै उनिसंग सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरेका छन् ।