धरान । मोरङको विराटचौकमा स्थापित पूर्वाञ्चल ल्यूब आयल प्रालि (पिएलओ ग्रुप) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
पिएलओको २१ औं वार्षिकोत्सवको अवसर पारेर गरिएको रक्तदानमा ४३ युनिट रगत संकलन भएको जनाइएको छ । पिएलओका कर्मचारी, स्थानीयलगायतले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको पिएलओका जनरल मेनेजर तथा प्रमुख अपरेटिङ अफिसर अमित सुमनले जानकारी दिए ।