धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकहरूले प्रतिष्ठानको प्रांगणमा बिरामीको स्वास्थ्य जाँच तथा ओपीडी सेवा दिएका छन् ।
सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै आइतबारदेखी संयुक्त संघर्ष समितिले इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सेवाहरू बहिस्कार गरेका थिए ।
सेवा बहिस्कार गर्न नहुने भन्दै सेवा सुचारु गर्न सबैतिरबाट आग्रह भइरहँदा मंगबारबाट प्रतिष्ठानको प्रांगणबाटै सेवा दिइएकाे जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले बताए । उनका अनुसार पहिलो आज बिहान करिब १० बजेबाट सुरु भएको स्वास्थ्य २ घन्टापछि बन्द भएको थियाे । खाना खाने समय भएकाले बन्द भएकाे सेवा पुनः २ बजेबाट सुरु हुने नेपालीले बताएका छन् ।
उनले भने ' पहिलो दिन भएकाले अलि ढिला गरी सुरु भयो । खाना खाने समय भएकाले अहिले बन्द भए पनि पुनः २ बजेबाट सुरु हुन्छ । ठ्याकै यति नै भन्ने नभए पनि २ सय जना जतिले सेवा पाउनु भएको छ ।'
प्रतिष्ठानका १५ बढी विभागबाट दिइएको सेवामा फलोअपमा आउनेहरू पुर्जा लिएर आउने गरेकाे भएपनि नयाँ बिरामीहरूको आवश्यक जाँच गरिएको खाली कागजमा औषधी तथा सुझाव लेखेर दिने गरेकाे नेपालीले बताए ।
आन्दोलन फिर्ता लिने अवस्था नभए अवस्था नभएकाे भन्दै जिम्मेवार भएर आन्दोलन स्थलबाटै बिरामीलाई सेवा दिइएकाे बताउँदै उनले भने ' हामीले कसैको धम्की र आग्रहबाट भन्दा पनि सेवा बिरामीले आवश्यक सेवा पाउन भनेर सेवा दिएका हौँ । आन्दानलन हाम्राे मात्र हैन सबैकाे हाे । आन्दोलन अनिश्चितकालकालागि भएकाेले सेवा पनि त्यस अनुसार नै अघि बढ्छ । '
सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै संघर्ष समितिले सेवा बहिष्कार गरेको थियो ।