विराटनगर / मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिन गरी दोषी प्रहरीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार दिउँसो विराटनगर ११ देखि गाँजासहित पक्राउ परेका ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो ।

कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले रहस्मय तरिकाले मृत्यु भएको भन्दै उच्च स्तरीय छानबिन समिति गठन  गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै सोमबार प्रदर्शनमा उत्रिएका छन् ।

दिउँसो विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी उनीहरूले सडकमा टाइल बालेर विरोध प्रदर्शन गर्दै छानबिन समिति गठन गरी दोषी प्रहरीलाई कारबाहीको माग राखेर प्रदर्शनमा उत्रिएको मृतका भाइ वीरेन्द्र कामतले बताए 

241289722_371601531350451_5479225545793610619_n

‘पक्राउ परेर प्रहरी हिरासतमा रहेका दाजुको मृत्यु शङ्कास्पद रहेको छ । शनिबार मात्र सकुसल रहेको दाजुको आइतबार अचानक उपचारको क्रमममा मृत्यु भएको घटना शङ्कास्पद रहेको छ,’ मृतकका भाइ वीरेन्द्रले भने, ‘यस घटनाको छानबिन गरिन उच्च स्तरीय समिति गठन गरी घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने हुन्छ । समिति गठन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर हुनेछ ।’

मृतक कामतको दुवै खुट्टामा हतकडी बाधेको निलो डाम रहेको छ । खुट्टामा हतकडीको निलो डाम र शरीरमा पनि चोटपटक रहेकोले प्रहरीको यातनाको कारणले कामतको मृत्यु भएको भन्दै उनीहरू प्रहरी प्रशासन विरुद्ध विरोधमा उत्रिएका हुन् ।

कामतको पत्नी यशोदा कामतले प्रहरी हिरासतमा रहेको श्रीमानलाई प्रहरीले यातना दिएको कारणले मृत्यु भएको दाबी गर्दै छानबिन गरी दोषिलाई कारबाही गरिनुपर्ने माग राखेकी छिन् । 

प्रहरीले कामतलाई विराटनगर ११ उनको घरको ढोगमा लुकाए र राखिएको साढे तीन केजी लागूऔषध गाँजासहित पक्राउ गरेको थियो । ‘कुलतमा लागेका कामतले लागूऔषध खान नपाएपछि हिरासत भित्र होहल्ला गरेका थिए ।

death

हामीले सम्झाइ बुझाएका गरेर राखेका थियौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने, ‘विरामीजस्तो देखिएपछि हामीले कामतलाई उपचार गरिन कोशी अस्पताल लगेका थियौं । उपचारको क्रममा उनको मृत्यु भएको हो ।’ प्रहरीले हिरासत भित्र कुनै पनि प्रकारको यतना नदिएको उनको भनाई छ ।