धरान : धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी कार्यालयमा आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला लिम्बूवान, एमाले र राप्रपाका युवाहरुले तोडेका छन् ।

प्रतिष्ठानको डेण्टल गेट तथा मूल गेटमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीको दुई तहको सुरक्षा घेरालाई तोडेर युवाहरुले भिसि कार्यालयको ताला तोडेका हुन् । प्रहरीले आन्दोलनको तयारीमा रहेका युवाले बोकेको झण्डा खोसेपछि युवाहरु आक्रोसित भएका थिए । 

आक्रोसित युवाहरुले डेण्टल गेटमा लगाएको ताला तोडेर प्रतिष्ठान हाता भित्र प्रवेश गरेका थिए ।  प्रहरीले  बल समेत प्रयोग भएको थियो । साे क्रममा केही युवा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवंरका अनुसार  दुइ जना प्रहरी  पनि  सामान्य  घाइते  भएका छन् ।  घटनाबारे  थप  बुझिरहेको  डिसपीले बताएका छन्।  प्रहरीले  केही युवाहरूलाइ नियन्त्रणामा  लिएकाे   बुझिएको छ।