धरान । धरान–११ मा निर्मित आधारभूत स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ ।
सुनौलो मार्गमा निर्मित भवन नगर प्रमुख तिलक राईले उद्घाटन गरे । दीपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १३० रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । नगरवासीहरू सामान्यभन्दा सामान्य रोग लाग्दा पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने बाध्यता छ । नगरवासीलाई सामान्य रोग लाग्दा ठूला अस्पताल धाइरहनुपर्ने बाध्यता हटाउन स्वास्थ्य चौकी स्थापना गरिएको नगर प्रमुख राईले बताए । कार्यक्रममा वडाध्यक्ष बाबुलाल लामा, उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालगायतको उपस्थिति रहेको थियो ।