धरान   : प्रतिनिधि सभा सदस्य तथा सुनसरी क्षेत्र नम्बर १ का निर्वाचित सांसद जय कुमार राईले  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराइ दिन तथा  अस्पताल भवन निर्माण गरिदिन स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन्।

बुधबार  सांसद राईले स्वास्थ्य तथा जनसङख्या मन्त्रालय सँग  प्रतिष्ठानको  स्वास्थ्य साग्रगी  व्यवस्थापन तथा  अन्य सुविधा विस्तारको माग गर्दे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई माग पत्र बुझाएका हुन् । 

उनले आईसियु  ३० थान , एनआई सियु २० थान , भेन्टिलेटर १० थान, एमआरआई क्षमता वुद्धिको माग गरेका छन्।  यस्तै कोभिड अस्पताललाई थप बिस्तार गरि व्यवस्थित गर्न तथा मुटु रोगको र मृगौला उपचारको भवन निमार्णको माग गरेका छन्। 

प्रतिष्ठानमा महत्वपूर्ण उपकरण प्रयाप्त मात्रमा नभएकोले बिमारिहरुले  उपचार नपाई धेरै कष्ठ बेहोर्नु परिरहेको र अन्यत्र  निजि  अस्पतालमा  महँगो शुल्क तिरी उचार गर्न बाध्य भएको अवस्थाप्रति  मन्त्रालयले प्रभावकारी र परिमाणमुखी ढङगले कार्य गर्नु पर्ने  उनको धारणा छ । 

लामो समय सम्म आन्दोलनमा उत्रिएका प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानको निम्ति सरकारद्वारा गठित छानबिन समितिको प्रतिबेदन अनुसार चाडो भन्दा चाडो दोषीलाई कारबाही गर्न र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने चरण लापरबाही रोक्न उनले माग गरे ।