धरान । लायन्स क्लब विराटनगर युनिकले विराटनगर वडा प्रहरी कार्यालयलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको छ । 

कोरोना महामारी रोकथाममा थप मद्दत पुगोस् भन्ने उद्देश्यले मास्क र सेनिटाइजर उपलब्ध गराइएको जनाइएको छ । कार्यक्रममा क्लबका अध्यक्ष सञ्जय साह, क्लबका फस्ट लेडी सीतादेवी साह, लायन्स गभर्नर एडभाइजर विनोदकुमार राउतलगायतले वडा प्रहरी कार्यालयका प्रमुख दीपक कार्कीलाई सामग्री हस्तान्तरण गरे ।